काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा देशभर गरिब घर पहिचान गर्ने योजना ल्याएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने बताउनु भयो।
पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत निःशुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने समेत सरकारको योजना रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।