Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

सर्वोच्चमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

  • मंगलवार, जेठ १ २०८१

  • 419
    SHARES

  • सर्वोच्चमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

    काठमाडौं। सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने भएको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आज एक कार्यक्रमका बिच सेवा शुभारम्भ गर्दै अब जुनसुकै मुद्दाको रिट अनलाइनबाट दर्ता गर्न सकिने बताउनुभयो।

    प्रधानन्यायाधीश श्रेष्ठले आजैदेखि जहाँसुकैबाट पनि सार्वजनिक सरोकार, व्यक्तिगत र संवैधानिक इजलासका सबै रिट अनलाइनबाट दर्ता गर्न सकिने बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘सूचना प्रविधिले हामीलाई पारदर्शी बनाउँछ। सुलभ रूपमा न्यायमा पहुँचमा पु¥याउन यो कार्यक्रम गरिएको हो, अनलाइनमा अब सबै रिटहरू दर्ता हुने छ। यसलाई सफल पार्नुपर्छ।’

    श्रेष्ठले यसले न्यायालय, मुद्दाको पक्ष र कानुन व्यवसायीलाई पनि सहज बनाउने विश्वाश व्यक्त गर्नुभयो।

     


    मंगलवार, जेठ १ २०८१०२:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij