Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जीबी राईको पासपोर्ट रद्दको प्रक्रिया सुरु, कस्तो छ प्रक्रिया ?

जीबी राईको पासपोर्ट रद्दको प्रक्रिया सुरु, कस्तो छ प्रक्रिया ?

  • मंगलवार, जेठ १ २०८१

  • 1.0K
    SHARES

  • जीबी राईको पासपोर्ट रद्दको प्रक्रिया सुरु, कस्तो छ प्रक्रिया ?

    काठमाडौं। सहकारी रकम अपचलन तथा ठगीका मुख्य आरोपी जीबी राई (गितेन्द्रबाबु राई)को पासपोर्ट रद्दको प्रक्रिया अघि बढेको छ। राई पोखराको सूर्यदर्शन सहकारी र बुटबलको सुप्रिम सहकारीका अध्यक्ष तथा सहकारीको रकम ठगीका मुख्य आरोपी हुन्।

    प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्दा पनि जीबीलाई पक्राउ गर्न नसकिएपछि पासपोर्ट नै रद्द गर्ने गृहकार्य थालेको हो। राईको पासपोर्ट रद्द गर्न पोखरा प्रहरीले आइतबार राहदानी विभागलाई पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

    जीबी मलेसियामा रहेको आशंका प्रहरीको छ। तर, रेड नोटिस जारी भए पनि मलेसिया प्रहरीले जीबीलाई नेपाल ‘डिपोर्ट’ गर्न चासो नदेखाएपछि उनको राहदानी नै रद्द गर्ने प्रक्रियामा प्रहरी पुगेको हो।

    मलेसियाले सुपुर्दगी सन्धि वा पारस्पारिक कानुनी सहायता देखाउँदै नेपाल डिपोर्ट गर्न अस्वीकार गरेको थियो। रेड नोटिस जारी हुँदा समेत नेपाल झिकाउन नसकिएकाको हकमा गृह र परराष्ट्र मन्त्रालयबाट आरोपीको राहदानी नै रद्द गर्न पाउने कानुनी प्रावधान छ।

    राहदानी रद्द गर्दा कुनै पनि नागरिकको देश बाहिरको बसाइँ अवैध मानिन्छ। यसले गर्दा अब त्यहाँको अध्यागमनलाई पनि राईलाई नेपाल फर्काउन सहज हुनेछ।


    मंगलवार, जेठ १ २०८१०२:१८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij