Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारबाट बाहिरियो जसपा नेपाल, यादव र कार्कीले दिए राजिनामा

सरकारबाट बाहिरियो जसपा नेपाल, यादव र कार्कीले दिए राजिनामा

  • सोमवार, बैशाख ३१ २०८१

  • 1.3K
    SHARES

  • सरकारबाट बाहिरियो जसपा नेपाल, यादव र कार्कीले दिए राजिनामा

    काठमाडौं। उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनु भएको छ। यादवले केहीबेर अगाडी प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा बुझाउनु भएको हो।

    यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिनुभएको छ। यादव र कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्किएको यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो।

    मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादव र कार्कीले राजीनामा दिनु भएको हो ।

    जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो भने हिजो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।


    सोमवार, बैशाख ३१ २०८१११:३३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij