Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेसले आत्महत्या गर्छु भनेपनि समिति गठन हुँदैन’

‘कांग्रेसले आत्महत्या गर्छु भनेपनि समिति गठन हुँदैन’

  • आइतवार, बैशाख ३० २०८१

  • 673
    SHARES

  • ‘कांग्रेसले आत्महत्या गर्छु भनेपनि समिति गठन हुँदैन’
    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले गरेको अडान कुनै पनि हालतमा पुरा नहुने बताउनुभएको छ ।
     
    आइतबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौला ले कांग्रेसले आत्महत्या नै गर्छु भने पनि व्यक्तिका नाममा छानबिन समिति नबन्ने बताउनुभयो ।
     
    ‘कांग्रेसले आत्महत्या गर्छु भन्ने जसरी नै प्रस्तुत भए पनि यो माग पूरा हुने म देख्दिनँ। यो माग कानुनसम्मत पनि छैन, नियमसम्मत पनि छैन, । नेपाली कांग्रेसले समिति माग गरेको होइन, समितिको नाममा सरकार माग गरेको हो। त्यो कुरा सम्भव छैन।’ एमाले प्रमुख सचेतक बर्तौलाले सभामुखसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, ‘नेपाली कांग्रेसले जसरी अघि बढाएको छ, त्यो असम्भव हो ।’
     
    संसद्को अवरोध खुलाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष अडानबाट टसमस नभएपछि विना निष्कर्ष सकिएको छ । 
     
    आइतबार सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग दोहोर्‍याएको थियो भने सत्तापक्षले कांग्रेसको माग कुनै हालतमा पुरा नहुने जवाफ दिएको थियो । 
     


    आइतवार, बैशाख ३० २०८१०४:२५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij