Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरुको स्तरप्रति भिम रावलको टिप्पणी, “यस्तैले गर्दा सरकार भाँडिएको र गिरेको हो”

मन्त्रीहरुको स्तरप्रति भिम रावलको टिप्पणी, “यस्तैले गर्दा सरकार भाँडिएको र गिरेको हो”

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 1.5K
    SHARES

  • मन्त्रीहरुको स्तरप्रति भिम रावलको टिप्पणी, “यस्तैले गर्दा सरकार भाँडिएको र गिरेको हो”

    काठमाडौं । नेकपाको सरकारमा रहेका मन्त्रीहरुप्रति नेकपाकै नेताहरुले आलोचनात्मक टिप्पणी गरेका छन् ।
    विषेश गरेर कतिपय मन्त्रीहरुको व्यवहार र अभिव्यक्ति अस्वभाविक, गैरजिम्मेबार र अपाच्य भएको भन्दै धेरै आलोचना पनि गर्ने गरेका छन् ।

    पार्टीभन्दा बाहिरबाट पहिलेदेखि नै आलोचना भइरहेकोमा अहिले पार्टीकै नेताहरुले पनि खुलेर आलोचना गर्न लागेका हुन ।

    मन्त्रीपरिषदमा भएकाहरुकै सोचाइको स्तरकै कारण सरकार गिरिरहेको नेता भिम रावलले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा बताउनु भयो ।

    नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले मन्त्रीहरु नै तुच्छ गाली गलौज र कुतर्कमा उत्रिनु दुखदायी भएको धारणा राख्नुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलका बीचमा भएको गोप्य भेटवार्ताको आलोचना गर्नेहरुलाई उपप्रधानमन्त्री इश्वर पोखरेलले मानसिक सन्तुलन विग्रिएको व्यक्तिको रुपमा आक्षेप लगाउनु भएको थियो ।

    त्यसैगरी नेपाली बहसमै सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले भारत जोगी पठाएको भएपनि प्रधानमन्त्रीले भेट्नु पर्ने भनेर दिएको अभिव्यक्तिप्रति पनि नेता रावलले आपत्ति जनाउनु भयो ।

    जस्लाई पठाएपनि भेट्नु पर्ने भन्ने अभिव्यक्ति लम्पसारवादको पराकाष्टा भएको टिप्पणी गर्दै उहाँले यस्तै मानसिकताका मन्त्रीहरुका कारण सरकारको स्तर र प्रस्तुती खस्कीदै गइरहेको बताउनुभयो ।

    उहाँले सरकारमा भएका र पार्टी नेतृत्वमा भएकाहरुले पेल्ने र गुठबन्दीका आधारमा पक्षपातपूर्ण व्यवहार गर्ने कार्य भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्ति गर्नुभयो ।

     

     


    शुक्रवार, कार्तिक १४ २०७७०९:२२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij