Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

संसद्मा बोल्न पाउने मेरो अधिकार हनन भयोः गृहमन्त्री लामिछाने

संसद्मा बोल्न पाउने मेरो अधिकार हनन भयोः गृहमन्त्री लामिछाने

  • शनिवार, बैशाख २९ २०८१

  • 465
    SHARES

  • संसद्मा बोल्न पाउने मेरो अधिकार हनन भयोः गृहमन्त्री लामिछाने

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन गरिदिएको बताउनु भएको छ।

    आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिनुभयो ।

    लामिछानेले सहकारी प्रकरणमा छानबिन समिति बनाए हुने तर संसद्मा बोल्न पाउनुपर्ने अडान दोहोराउनु भयो। उहाँले सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयासस्वरुप प्रक्रियागत काम भइरहेको उहाँले बताउनुभयो।

    उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उहाँले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


    शनिवार, बैशाख २९ २०८१०३:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij