Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कर्णालीका मुख्यमन्त्रीले डाके सर्वदलीय बैठक

कर्णालीका मुख्यमन्त्रीले डाके सर्वदलीय बैठक

  • शनिवार, बैशाख २९ २०८१

  • 444
    SHARES

  • कर्णालीका मुख्यमन्त्रीले डाके सर्वदलीय बैठक

    काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कँडेलले जेठ ४ गते बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो।

    बैठकमा प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन गरी छलफल हुने मुख्यमन्त्री कँडेलेको सचिवालयले जनाएको छ।

    उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आग्रह गर्नुभएको हो।

    सर्वदलीय बैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच आसन्न नीति तथा कार्यक्रम र बजेटका विषयमा साझा सहमति खोज्ने प्रयास गरेको बताइएको छ ।

    कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकिकृत समाजवादी र राप्रपाको प्रतिनिधित्व रहेको छ।

     


    शनिवार, बैशाख २९ २०८१०३:२०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij