काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेकतबिच छलफल सुरु भएको छ।
आज सुरु भएको संसदको बर्खे अधिवेशनमा प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अबरोध गरेपछी १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल सुरु गर्नुभएको हो।
संसद्को अवरोध खुलाउनका लागि नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा सभामुख र प्रमुख सचेतकबिच छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
आज दिउँसो ४ बजे बसेको बैठक कांग्रेसले अवरोध गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नु भएको थियो।