काठमाडौं। कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ। आज मुख्यमन्त्रीको सपथपछि कार्कीले माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरलाई मन्त्री नियुक्त गर्न लाग्नु भएको हो।
मुख्यमन्त्रीमा कार्कीको सपथसँगै दुई मन्त्रीको पनि सपथ हुनेछ।एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित तथा माओवादीका उप्रेती मोरङका सांसद हुनुहुन्छ। यसअघि पनि मन्त्री भइसकेका यी दुबै जनाले आज विनाविभागीय मन्त्रीको सपथ लिदैंछन्।