काठमाडौं। मन्त्रिपरिषद् बैठक अहिले जारी छ। जारी बैठकमा भने उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अनुपस्थित हुनुभएको छ।
यादव अमेरिका भ्रमणमै रहेका बेलामा उहाँ नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल विभाजित भएको थियो। अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो।
यादव विदेशबाट फर्किएपछि आज बसेको पहिलो मन्त्रिपरिषद् बैठक हो। आज पहिलो बैठकमै उहाँको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।