Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

फेरि फुट्यो जसपा नेपाल

फेरि फुट्यो जसपा नेपाल

  • बिहिवार, बैशाख २७ २०८१

  • 1.6K
    SHARES

  • फेरि फुट्यो जसपा नेपाल

    काठमाडौं। केहि दिन अगाडी फुटेको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फेरि अर्को समुह पनि बाहिरिएको छ।

    आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले केहिदिन अघी भएको पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन्।

    आज जसपा नेपाल परित्याग गरेको समुहले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेको छ। सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको यो समुहको निष्कर्ष छ।

    पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको यो समुहको आरोप छ ।

    पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ ।


    बिहिवार, बैशाख २७ २०८१०३:१६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij