काठमाडौं। सर्वोच्च अदालतमा कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्धको रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले आज दिउँसो दर्ता गरेको हो।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्नुभएको छ।
उता कार्कीको सर्वोच्चमा रिट दर्ता हुँदा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसक्नु भएको छ। उहाँले अबको केहीबेरमै सपथ लिँदै हुनुहुन्छ।