काठमाडौं। सर्वोच्च अदालतले पछिल्लो समय रिट दर्ता गरिदिनै छाडेको भन्दै युवराज पौडेल ‘सफल’ले आपत्ति जनाउनु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध पटक–पटक मुद्दा हालेर चर्चामा आउनु भएका सफलले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समय सर्वोच्च प्रशासनले आफूले लगेको रिट दर्ता गरिदिन छाडेको गुनासो गर्नुभएको हो।
पौडेलले आफूले रिट लिएर जाँदा सर्वोच्चको प्रशासन थुरथुर कामेर दरपीठ गरिदिने गरेको आरोप लगाउनु भयो।