Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

पार्टी विभाजनविरुद्ध हामी अदालत जान्छौँ ; उपेन्द्र यादव

पार्टी विभाजनविरुद्ध हामी अदालत जान्छौँ ; उपेन्द्र यादव

  • बुधवार, बैशाख २६ २०८१

  • 424
    SHARES

  • पार्टी विभाजनविरुद्ध हामी अदालत जान्छौँ ; उपेन्द्र यादव

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक ढङ्गले रातारात पार्टी विभाजन गरिएको भन्दै यसविरुद्ध अदालत जाने बताउनु भएको छ।

    पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढङ्गले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताउनुभएको हो।

    अध्यक्ष यादवले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोपसमेत लगाउनुभयो। पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरूले अदालतमा गएर चुनौती दिने बताउनुभयो।

    उहाँले जसपा, नेपालले वर्तमान सरकार ढालेर कांग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढङ्गले चलाइएको अफवाह भएको बताउनुभयो।

    यादवले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री हुने विषयमा छलफल नै नभएको दाबी गर्नुभयो।

    अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत् रहेको र त्यो कसरी अगाडि बढ्छ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउनुभयो। अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरूले नगरेको दाबी समेत गर्नुभयो।

     


    बुधवार, बैशाख २६ २०८१०२:४९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij