Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बुबाको मार्गनिर्देशानुसार अघि बढ्ने सांसद नेम्बाङको प्रतिबद्धता

बुबाको मार्गनिर्देशानुसार अघि बढ्ने सांसद नेम्बाङको प्रतिबद्धता

  • बुधवार, बैशाख २६ २०८१

  • 633
    SHARES

  • बुबाको मार्गनिर्देशानुसार अघि बढ्ने सांसद नेम्बाङको प्रतिबद्धता
    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
     
    संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्बाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताउनुभयो।
     
    दिवङ्गत बुबा सुवासचन्द्र नेम्बाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उहाँले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सांसद नेम्बाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाउनुभयो ।


    बुधवार, बैशाख २६ २०८१०२:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij