Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सुहाङ नेम्वाङले लिए सपथ

सुहाङ नेम्वाङले लिए सपथ

  • बुधवार, बैशाख २६ २०८१

  • 419
    SHARES

  • सुहाङ नेम्वाङले लिए सपथ

    काठमाडौं। नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिनुभएको हो।

    यही वैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङकै पिता सुवास नेम्वाङ विजयी हुनुभएको थियो। तर गतवर्ष भदौमा सुवासको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।

    सुहाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हराउँदै विजयी हुनुभएको थियो।


    बुधवार, बैशाख २६ २०८१०२:१७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij