Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

  • मंगलवार, बैशाख २५ २०८१

  • 554
    SHARES

  • गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

    काठमाडौं। गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ ।

    कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्नुभएको छ।

    उहाँले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गर्नुभएको हो ।

    गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो ।


    मंगलवार, बैशाख २५ २०८१०१:४१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij