Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने रास्वपाको निर्णय

संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने रास्वपाको निर्णय

  • मंगलवार, बैशाख २५ २०८१

  • 1.0K
    SHARES

  • संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने रास्वपाको निर्णय

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ।

    आज बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो।

    यस्तै, बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको सचेतक निशा डाँगीले जानकारी दिनुभयो।

    प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ।


    मंगलवार, बैशाख २५ २०८११२:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij