Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सहकारी समस्या समाधान गर्न जुनसुकै कदम चाल्न माओवादी केन्द्र तयार

सहकारी समस्या समाधान गर्न जुनसुकै कदम चाल्न माओवादी केन्द्र तयार

  • मंगलवार, बैशाख २५ २०८१

  • 613
    SHARES

  • सहकारी समस्या समाधान गर्न जुनसुकै कदम चाल्न माओवादी केन्द्र तयार

    काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सहकारी समस्या समाधानका लागी आवश्यक जुनसुकै कदम चाल्न तयार भएको छ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै माओवादी केन्द्रका सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले व्यक्ति विषेशलाई केन्द्रित गरेर नभै समग्र सहकारी पीडितको समस्या समाधान गर्ने गरी समिति बनाउन कुनै समस्या नरहेको बताउनु भयो।

    सहकारी पीडितका समस्या जटिल रहेकोले पछिल्लो समय प्रधानमन्त्री आँफै पनियो समस्या समाधानका लागी समिति बनाउन, आवश्यक कानुन बनाउन, दलहरुबिच सहमती जुटाउन निरन्तर लागिरहेको बताउनु भयो।

    पौडेलले प्रमुख प्रतिपक्षी कांग्रेसले लामो समयदेखी उठाइरहेको यो विषयमा आज सभामुखले बोलाएको शिर्ष नेताहरुको बैठकले आवश्यक निर्णय लिने र निकास निकाल्ने विश्वास व्यक्त गर्नुभयो। आजको बैठकले दलहरुबिच आवश्यक सहमती गरेर आगामी बजेट अधिवेशन निर्वाध रुपमा सञ्चालन गर्ने निर्णय लिने उहाँको दाबी छ।

    यस्तै नेता पौडेलले भर्खरै मात्र जसपामा आएको विभाजनले सत्ता गठबन्धन संकटबाट मुक्त बनेर थप मजबुत बनेको तर्क गर्नुभयो।


    मंगलवार, बैशाख २५ २०८१०८:१९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij