Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

रास्वपा संसदीय दलको बैठक आज बस्दै

रास्वपा संसदीय दलको बैठक आज बस्दै

  • मंगलवार, बैशाख २५ २०८१

  • 594
    SHARES

  • रास्वपा संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ। बजेट अधिवेशनको मिति नजिकिएसँगै आवश्यक छलफल र रणनिति तय गर्न आज बिहान ८ बजेका लागि बैठक बोलाइएको हो।

    पार्टी संसदीय दलका उपनेता एवं युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठका अनुसार आजको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ।

    संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान भएको छ। सहकारी अपलचनमा पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेकोले आवश्यक छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।

    समिति नबने बजेट अधिवेशन चल्न नदिने कांग्रेसले बताएको छ। यस विषयमा पनि आवश्यक छलफल हुने र रणनीति तय गरिने श्रेष्ठले बताउनुभयो ।


    मंगलवार, बैशाख २५ २०८१०६:३१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij