Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जसपा फुटेसँगै आत्तिए माधव नेपाल,प्रधानमन्त्रीको सपना देखेका उपेन्द्रको मन्त्री पद नै धरापमा (खासखबर)

जसपा फुटेसँगै आत्तिए माधव नेपाल,प्रधानमन्त्रीको सपना देखेका उपेन्द्रको मन्त्री पद नै धरापमा (खासखबर)

  • सोमवार, बैशाख २४ २०८१

  • 2.0K
    SHARES

  • जसपा फुटेसँगै आत्तिए माधव नेपाल,प्रधानमन्त्रीको सपना देखेका उपेन्द्रको मन्त्री पद नै धरापमा (खासखबर)

    काठमाडौं। सत्ता समिकरण जोगाउनका लागि उद्दत बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ससाना पार्टीहरुलाई विभाजन गर्ने रणनीति अख्तियार गरेका छन्। सुरुवाती चरणमा जसपालाई टुक्र्याउन सफल भएका उनीहरुको नजरमा अब नेकपा एकीकृत समाजवादी परेको छ ।

    मन्त्रीको ललिपप देखाएर केही नेताहरुलाई एमालेमा भित्र्याउने दाउमा रहेका ओलीका अगाडि माधव नेपाल निरिह देखिएका छन्।आजै आकस्मिक संसदीय दलको बैठक आह्वान गरेर नेपालले सांसदहरुलाई सम्झाइबुझाइ गर्नुभएको छ। पार्टीका उपमहासचिव डा. विजयकुमार पौडेलले जसपा टुक्रिँदा एकीकृत समाजवादी सजक बन्ने कुरा स्वभाविक रहेको बताउनुभयो ।

    जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको बहुमत समूह बाहिरिएको छ। ७ जना सांसद लगेर राई बाहिरिएका हुन् । निर्वाचन आयोगमा जसपा नाम प्रस्तावित भइसकेको छ। विभाजनलाई साथ दिँदै गएका सांसद प्रदीप यादवले उपेन्द्रको अवसरवादी चरित्र र हैकमबाट मुक्ति पाउन विद्रोह गरेको बताउनुभयो ।

    जसपाका प्रवक्ता मनिष सुमनले केही नेताहरुलाई पार्टी खोल्ने ईच्छा भएकोले केही दिनका लागि मात्रै बाहिरिएको दाबी गर्नुभयो। पार्टीका आधिकारिक नेताकार्यकर्ताको बहुमत आफूहरुसँग रहेको उहाँको दाबी छ । बिस्तारै राई समूह घरमै फर्किने सुमनले बताउनुभयो ।

    जसपा विभाजनले उपेन्द्रको हात पूर्पुरोमा परेको छ। प्रधानमन्त्रीको सपना देखेका उपेन्द्रको उपप्रधानमन्त्री पद धरापमा परेको छ। उपेन्द्रलाई बाहिर निकालेर अशोक समूहलाई सत्तामा भित्र्याउने प्रचण्डको तयारी छ भने, माधव नेपालको पार्टी फुटाएर सत्ताबाट निकाल्ने ओली रणनीति रहेको छ। राजनीतिक विश्लेषक बलराम यादवले उपेन्द्रका कारण अशोक राई, डा. बाबुराम भट्टराईलगायतका नेताहरु पार्टीबाट बाहिरिएको आरोप लगाउनुभयो ।

    ससाना पार्टीहरुलाई फुटाउने रणनीति नागरिक उन्मुक्ति पार्टीबाटै शुरु भएपनि रेशम चौधरी र रञ्जिता श्रेष्ठको अटुट प्रेमले त्यो सम्भव देखिएन। त्यसपछि ठूला दलहरु जसपातिर सोझिएका थिए । जसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको समेत साथ रहेको छ ।


    सोमवार, बैशाख २४ २०८१०८:०५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij