Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्वारा जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

निर्वाचन आयोगद्वारा जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

  • सोमवार, बैशाख २४ २०८१

  • 1.7K
    SHARES

  • निर्वाचन आयोगद्वारा जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ ।

    वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले ‘जसपा’ मात्र राखेर पार्टी दर्ता गराउनुभएको छ ।

    श्रेष्ठसहित जसपा नेपालका वरिष्ठ नेता अशोककुमार राईसहित सात जना सांसदको हस्ताक्षर एवं ३० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएर आइतबार साँझ दल विभाजनसहित नयाँ दल दर्ताका लागि निवेदन पेश भएको थियो ।

    आयोगका एक उच्च अधिकारीका अनुसार दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भएपनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको हो ।

    नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ । त्यसैमा टेकेर आयोगले निर्णय गरेको हो ।


    सोमवार, बैशाख २४ २०८१०५:०१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij