Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

हिरासत छल्न अस्पताल भर्ना हुन नदिन गृहमन्त्रीको निर्देशन

हिरासत छल्न अस्पताल भर्ना हुन नदिन गृहमन्त्रीको निर्देशन

  • सोमवार, बैशाख २४ २०८१

  • 739
    SHARES

  • हिरासत छल्न अस्पताल भर्ना हुन नदिन गृहमन्त्रीको निर्देशन

    काठमाडौं।अब हिरासत छल्न अस्पताल भर्ना हुन नदिइने भएको छ। गृह मन्त्रालयले आज तीनबुँदे निर्देशन जारी गर्दै अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न निर्देशन दिएको हो।

    विभिन्न आरोपमा पक्राउ परेका व्यक्ति पहुँचको भरमा चिकित्सकको सिफारिसका आधारमा हिरासत छल्न अस्पताल भर्ना हुने गरेको चर्चा हुने गरेको छ। यस्तो अवस्थालाई रोक्न भन्दै गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर मातहतको निकायलाई तीन बुँदे निर्देशन दिएको हो।

    प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानुनी व्यवस्था र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन आग्रह थियो।

    सोहीअनुसार काउन्सिलले गठन गरेको डा. विश्वराज दवाडीको संयोजकत्वमा नौ सदस्यीय समितिले यही वैशाख २३ आइतबार बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्देशन जारी गरेको हो ।

    यी हुन् गृहले जारी गरेका ३ बुँदे निर्देशन

    १.शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरू उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने।

    २.अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्ने।

    ३. अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनुपर्ने।


    सोमवार, बैशाख २४ २०८१०२:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij