Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक आव्हान

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक आव्हान

  • सोमवार, बैशाख २४ २०८१

  • 758
    SHARES

  • प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक आव्हान

    काठमाडौं। सभामुख देवराज घिमिरेले मंगलबार भोलि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ । सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

    सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाउनु भएको छ ।

    आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको उहाँको सचिवालयले जनाएको छ । संसदको बर्खे अधिवेशन २८ गतेदेखि सुरु हुँदैछ ।


    सोमवार, बैशाख २४ २०८१०१:३३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij