Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कान्छी कमेडियन सुयशा खनालको अपिलः ‘कमेडी च्याम्पियनमा मलाई सक्दो भोट गरिदिनुहोस्’

कान्छी कमेडियन सुयशा खनालको अपिलः ‘कमेडी च्याम्पियनमा मलाई सक्दो भोट गरिदिनुहोस्’

  • आइतवार, बैशाख २३ २०८१

  • 1.4K
    SHARES

  • कान्छी कमेडियन सुयशा खनालको अपिलः ‘कमेडी च्याम्पियनमा मलाई सक्दो भोट गरिदिनुहोस्’

    काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनालले आफूलाई सक्दो भोट गरिदिन अपिल गरेकी छन् ।

    एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर टप सेभेनसम्म पुगेकी उनले अब आफूलाई टप सिक्समा पु¥याउन अपिल गरेकी हुन् । दुई पटकसम्म पफर्मर अफ दी राउण्ड भएर उनले आफूलाई कमेडिमा अब्बल साबित गरिसकेकी छन् । उनका हरेक प्रस्तुति दर्शकले असाध्यै रुचाएका छन् । उनले गतसाता मात्रै टप सेभेनको प्रस्तुति दिएकी हुन् ।

    अहिले टप सिक्समा पुग्नका लागि भोटिङ भइरहेको छ । नेपालको कमेडियन इतिहासमै कान्छी कमेडियनको दर्जामा आफूलाई उभ्याउन सफल सुयशाले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई भोटको अपिल गरेकी हुन् । प्रतिभालाई उमेरले छेक्दैन भन्ने ज्वलन्त उदाहरण बनेकी उनलाई जजहरुले पनि औधी मन पराएका छन् ।

    सानै उमेरमा जिज्ञाशु स्वभावकी सुयशाले छोटो अवधिमा दर्शकको मन जित्न सफल भएकी हुन् ।
    यसपछिका सबै राउण्डमा आफ्नो प्रतिभासँगै दर्शकहरुको भोटको आवश्यकता पर्ने भएकोले कान्छी कमेडियनका हिसाबले आफूलाई सबैले माया गर्ने उनको विश्वास छ । उनी नवलपरासीकी हुन् ।

    खल्ती एप्समा कमेडि च्याम्पियन सुयशा खनाल भोटिङ कोड ३३० मा गई भोट गर्न सकिने छ ।

     


    आइतवार, बैशाख २३ २०८१०२:०३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij