Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै

जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै

  • आइतवार, बैशाख २३ २०८१

  • 554
    SHARES

  • जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
    काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उहाँ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
     
    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने छ । उहाँले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । जापानकी विदेशमन्त्री योको आजै स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
     
    जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा  पनि सुमधुर छ ।  हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।  
     


    आइतवार, बैशाख २३ २०८१०६:३६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij