Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

भारतसँगको सम्वन्ध कर्मचारीबाट हैन, राजनीति र कुटनीतिबाट सुधार्नुपर्छ : डा. भण्डारी

भारतसँगको सम्वन्ध कर्मचारीबाट हैन, राजनीति र कुटनीतिबाट सुधार्नुपर्छ : डा. भण्डारी

  • बिहिवार, कार्तिक १३ २०७७

  • 1.1K
    SHARES

  • भारतसँगको सम्वन्ध कर्मचारीबाट हैन, राजनीति र कुटनीतिबाट सुधार्नुपर्छ :  डा. भण्डारी

    काठााडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपाल र भारतको सम्वन्धलाई कर्मचारीतन्त्रमा आधारीत गराउनु घातक हुने टिप्पणी गर्नुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेर दुई देशको सम्वन्ध सुधार्ने प्रयास भइरहेको चर्चा भइरहेका बेला नेता भण्डारीले ओलीको प्रयास गलत भएको दावी गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले दुई देशको सम्वन्धलाई कुटनीतिक वा राजनीतिक तवरबाट सुधारेमा मात्रै राम्रो र दिगो हुने तर्क गर्नुभयो ।

    राजनीतिज्ञहरु अलि उदार, लचक र दिर्घकालिन सोँच राख्ने तर कर्मचारीहरुमा उदारता र फराकिलोपन कम हुने डा भण्डारीको भनाई छ ।

    उहाँले काँग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले पनि कर्मचारी मार्फत सम्वन्ध सुधार गर्ने प्रयास गलत भएको अनुभव सुनाउनु भएको जानकारी दिनुभयो ।

    कर्मचारीतन्त्रवाट कतिपय अवस्थामा सजिलो र छिटो सम्वन्ध सुधार भएपनि दिर्घकालिन रुपमा त्यो पिडादायक हुने नेता भण्डारीले बताउनुभयो ।

    उहाँले कर्मचारीहरुलाई परिचालन गर्नुभन्दा विभिन्न विश्वविद्यालयका पूर्व उपकुलपति, बरिष्ठ प्राध्यापकहरु, पुराना कुटनीतिज्ञ, राजनीतिज्ञ, नागरिक अगुवाहरु मार्फत गर्नु उपयुक्त हुनेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री ओलीले केही दिन पहिलो भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्री निवास बालुवाटारमा रातको समयमा एक्लै भेटेको विषयले अहिले नेपालको राजनीति तरंगित भएको छ ।

    धेरैले उहाँको भेटवार्ता रहस्यमय भएको भन्दै आशंका व्यक्त गरेका छन् भने कतिपयले दुई देशको सम्वन्ध सुधार्ने प्रयास र अवसरका रुपमा व्याख्या गरेका छन ।

     


    बिहिवार, कार्तिक १३ २०७७०८:४६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij