Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

माधव नेपालका कारण गठबन्धनमा तरंग, प्रचण्ड उथलपुथलको तयारीमा (खास खबर)

माधव नेपालका कारण गठबन्धनमा तरंग, प्रचण्ड उथलपुथलको तयारीमा (खास खबर)

  • शनिवार, बैशाख २२ २०८१

  • 2.0K
    SHARES

  • माधव नेपालका कारण गठबन्धनमा तरंग, प्रचण्ड उथलपुथलको तयारीमा (खास खबर)
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टिका कारण गठबन्धनमा तरंग सिर्जना भएको छ । नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगतको पैचौँ तिर्न हरेक ठाउँमा अड्डी लिनुभएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले पनि नेपाललाई खोलो तर्‍यो लौरो बिर्स्यो गर्नुभएको थियो । अन्ततः सहानुभूति देखाउने प्रयत्न गरेपनि प्रचण्डको व्यवहारले नेपाल आजित बन्नुभएको थियो । नेकपा एकीकृत समाजवादीलाई प्रचण्डले लगातार लत्र्याउँदै ल्याउनुभएको थियो । अहिले भने प्रचण्ड नेपालसँग नरम बन्ने स्थितिमा पुग्नुभएको छ । कांग्रेसले भने सरकार सहकारी अनियमितता छानबिनको विषयमा चुकेको आरोप लगाउँदै आएको छ । कांग्रेस नेता श्याम घिमिरेले संसद्मा प्रतिपक्षीको आवाजलाई सरकारले नजरअन्दाज गरेको तर्क गर्नुभयो । 
     
    यता, प्रधानमन्त्री प्रचण्डले कांग्रेसले डे–वानदेखि नै सत्ता समीकरण भत्काउने प्रयास गरेपनि सम्भव नभएको बताउनुभएको छ । संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले समीकरणमा ठूलो अपेक्षाका कारणले केही असन्तुष्टि रहेको स्विकार्नुभयो । उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको पछिल्लो असन्तुष्टिलाई लक्षित गर्दै समीकरणभित्र पनि केही असन्तुष्टि र अपेक्षाहरू रहेको तर, त्यो अपेक्षाहरूकै कारणले सरकारबाट बाहिरिने तहमा पुगेको नदेखिएको दाबी गर्नुभयो । यता, एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले र कांग्रेस एकठाउँमा आउनु भनेको नदीका दुई किनारा मिल्नु रहेको दाबी गर्नुभएको छ, जुन सहजै सम्भव छैन । 
     
    नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको नेतृत्व मिलेर मात्रै नहुने बताउनुभएको छ । दुई ठूला दलहरूको प्रतिस्पर्धा र ससाना दलहरूको ऐक्यबद्धताले नै समृद्धिको परिकल्पना गर्न सकिने उहाँको भनाइ छ । नेपालको हकमा ससाना दलहरूको बार्गेनिङले समस्या ल्याइरहेको छ । 
     
    पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले एकपटक पुनः उथलपुथल गर्नसक्ने भन्दै सत्ता साझेदार दलहरूमा तरंग सिर्जना भएको छ । आफ्नो सहज विसर्जनका लागि सत्तालाई उलटपुलट गर्ने दाउमा प्रचण्ड रहेको बुझिएको छ । तर, एमालेले यो अवस्था तत्काल नआउने दाबी गर्दै आएको छ । 
     
     


    शनिवार, बैशाख २२ २०८१०८:००:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij