Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपालको असन्तुष्टिले सरकार भत्किदैन : प्रचण्ड

माधव नेपालको असन्तुष्टिले सरकार भत्किदैन : प्रचण्ड

  • शनिवार, बैशाख २२ २०८१

  • 2.3K
    SHARES

  • माधव नेपालको असन्तुष्टिले सरकार भत्किदैन : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले डे–वानदेखि नै सत्ता समीकरण भत्काउने प्रयास गरे पनि सम्भव नभएको बताउनुभएको छ ।

    संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले समीकरणमा ठूलो अपेक्षाको कारणले केही असन्तुष्टि रहेको बताउनुभयो ।

    उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पछिल्लो असन्तुष्टिलाई लक्षित गर्दै भन्नुभयो, ‘समीकरणभित्र पनि केही असन्तुष्टि र अपेक्षाहरु छन् । तर, त्यो अपेक्षाहरुकै कारणले सरकारबाट बाहिरिने तहमा पुगेको देखिँदैन ।’

    समीकरणमा देखिएको समस्या कुनै न कुनै विन्दुबाट हल गर्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

    उहाँले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रम र बजेटको विषयमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभयो । देश र जनताको चाहनाअनुसार बजेट निर्माणको क्रममा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका खेल्न उनले सांसदहरुलाई आग्रहसमेत गर्नुभएको छ ।

     


    शनिवार, बैशाख २२ २०८१०३:२१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij