काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही जाँदै हुनुहुन्छ। बलरा नगरपालिका–८, गडहिया डुमरियास्थीत जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लाग्नु भएको हो।
बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम छ। प्रधानमन्त्रीको आगमनलाई लक्ष्य गरी बलरामा सुरक्षा सतर्कता उच्च बनाइएको प्रहरीले जनाएको छ।