Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने

नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने

  • शनिवार, बैशाख २२ २०८१

  • 442
    SHARES

  • नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने

    काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ। काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते महासंघको निर्वाचन गर्ने निर्णय गरेको हो।

    बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो। तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासंघले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको एकसाथ निर्वाचन गर्ने निर्णय गरिएको हो।

    नेपाली पत्रकारहरूको छाता संस्था महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ। प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन्। निर्वाचनको मिति तोकेपनि महासंघले साधारण सदस्यको टुंगो भने लगाइसकेको छैन।


    शनिवार, बैशाख २२ २०८१०९:३८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij