Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

विश्वभर मनाईयो ३१ औं प्रेस स्वतन्त्रता दिवश, नेपालमा भने राज्य अझै उदार बन्न नसकेको गुनासो, स्वतन्त्रतामाथि संकुचन हुन नदिने सरकारको प्रतिवद्धता(खासखबर)

विश्वभर मनाईयो ३१ औं प्रेस स्वतन्त्रता दिवश, नेपालमा भने राज्य अझै उदार बन्न नसकेको गुनासो, स्वतन्त्रतामाथि संकुचन हुन नदिने सरकारको प्रतिवद्धता(खासखबर)

  • शुक्रवार, बैशाख २१ २०८१

  • 454
    SHARES

  • विश्वभर मनाईयो ३१ औं प्रेस स्वतन्त्रता दिवश, नेपालमा भने राज्य अझै उदार बन्न नसकेको गुनासो, स्वतन्त्रतामाथि संकुचन हुन नदिने सरकारको प्रतिवद्धता(खासखबर)

    काठमाडौं। आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइएको छ । नेपालमा विभीन्न कालखण्डमा नेपाली प्रेस माथि आक्रमण भए।

    वि.सं. ०६२/६३ को राजनीतिक परिवर्तनपछि भने नेपाली प्रेस जगतले स्वतन्त्रताको अनुभव पाएको छ। तर अहिले पनि राजनीतिक नेतृत्वको दोहोरो चरित्र लगायतका अन्य कारणले नेपाली प्रेसले बेलाबेलामा मार खेप्नु परेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास पनि दिलाउनुभयो। साथै प्रधानमन्त्री प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको पनि सो अवसरमा जानकारी दिनुभयो।

    नेपालमा अहिले समाजमा मिथ्या र भ्रामक सुचनाको पनि बाढि आएको छ। प्रधानमन्त्री प्रचण्डले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह पनि गर्नुभएको छ। संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सरकारले दावी गरेको छ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताउनुहुन्छ। प्रेस स्वतन्त्रता थप सुनिश्चित गर्नेगरी विगत एक वर्षदेखी सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको भनाई उहाँको छ।

    नेपाल पत्रकार महासंघ नेपाली प्रेस निर्धक्क प्रेस स्वतन्त्रताको अभ्यास गर्न सक्ने अवस्थामा नरहेको बताउछ।अध्यक्ष विपुल पोखरेलले नेपालमा प्रेसमाथिको आक्रमणको घटना निरन्तर बढिरहेको बताउनु भएको हो। राज्यका अंगहरु प्रेस स्वतन्त्रताप्रति अनुदार रहेको उहाँको दाबी छ।

    अहिले पनि सरकारले मिडियासंग सम्वन्धीत केही काम गर्दै छ भन्दा शसंकित हुनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ। पत्रकारका लागि सबैभन्दा खतरनाक मुलुकको सूचीमा अफगानिस्तान, मेक्सिको, यमन, सिरिया र भारत रहेका छन्। त्यसो त अन्य देशसंग तुलना गर्दा नेपालको प्रेस स्वतन्त्रता सन्तोषजनक नै देखिन्छ । तर राज्यका अंगहरु प्रेस स्वतन्त्रताप्रति अझै उदार भने रहेको पाईन्छ ।


    शुक्रवार, बैशाख २१ २०८१०८:०३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij