Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको मतपरिणाम प्रतिवेदन

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको मतपरिणाम प्रतिवेदन

  • बिहिवार, बैशाख २० २०८१

  • 620
    SHARES

  • निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको मतपरिणाम प्रतिवेदन

    काठमाडौं। निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाउनु भएको हो ।

    १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित हुनुभएको छ ।


    बिहिवार, बैशाख २० २०८११२:५५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij