काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले अहिले सरकार परिवर्तनको सम्भावना नै नरहेको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले अहिले गठबन्धनमा कुनै समस्या नरहेकोले तत्कालै सरकार परिवर्तन हुन नसक्ने दावी गर्नुभएको हो।
गठबन्धनमा आबद्ध नेकपा एकिकृत समाजवादी पार्टीको असन्तुष्टीको विषय बाहिर सार्वजनिक भएजस्तो समस्याग्रस्त नरहेकोले माधव नेपाल अहिले गठबन्धन छाडेर बाहिरिने अवस्था नरहेको बताउनु भयो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको सहकारी प्रकरण र उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेमाथी संसदिय छानबिन समिती गठनको विषय अनावश्यक रहेको टिप्पणी गर्नुभयो। यद्यपी समिति गठनकै विषयले गठबन्धनमा बाधा नआउने जिकिर गर्नुभयो ।