Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आगामी वैशाख २५ मा बजेट अधिवेशन बोलाउने सरकारको तयारी

आगामी वैशाख २५ मा बजेट अधिवेशन बोलाउने सरकारको तयारी

  • बुधवार, बैशाख १९ २०८१

  • 534
    SHARES

  • आगामी वैशाख २५ मा बजेट अधिवेशन बोलाउने सरकारको तयारी

    काठमाडौं। सरकारले आगामी वैशाख २५ गते बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिनुभयो।

    मन्त्री गिरीले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरू छिट्टै टुंग्याएर संसद्मा लैजाने तयारी भइरहेको बताउनुभयो।

    त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने पनि उहाँको भनाइ छ।

    उहाँले बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो। छिटो पारित गर्नेगरी संसद्मा सहकारी समस्या समाधानका लागि अध्यादेश या विधेयक नै आउनसक्ने बताउनुभयो।

    मन्त्री गिरीले संसद् बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताउँदै बजेट अधिवेशनले निर्वाध रुपमा गति लिने विश्वास व्यक्त गर्नुभयो।


    बुधवार, बैशाख १९ २०८१०४:४४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij