Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

समाचार हटाउने अदालतको आदेशमा प्रेस युनियनको आपत्ति

समाचार हटाउने अदालतको आदेशमा प्रेस युनियनको आपत्ति

  • मंगलवार, बैशाख १८ २०८१

  • 763
    SHARES

  • समाचार हटाउने अदालतको आदेशमा प्रेस युनियनको आपत्ति

    काठमाडौं। नेपाल प्रेस युनियनले न्यायलयमाथी प्रश्न उठाएको भन्दै सर्वोच्च अदालतले सञ्चारमाध्यमा सार्वजनिक समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ।

    केहिदिन अगाडी सिधाकुरा नामक अनलाईन र युटुव सञ्चारमाध्यमबाट न्यायलयको विकृति र घुस प्रकरणको अडियो सार्वजनिक भएपछी अदालतले हिजो उक्त समाचार सामाग्री हटाउन आदेश दिएको थियो।

    अदालतको उक्त आदेशप्रति आपक्ति जनाउँदै युनियनका अध्यक्ष शिव लम्सालले अदालतले नै प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै आपत्ति जनाउनु भएको हो। अदालतले मेरो अस्थित्वमाथि प्रश्न उठाईस भने तेरो अस्तित्व सक्काइदिन्छु भन्ने सोचमा यस्तो आदेश दिएकोले यो कदापी स्वीकार्य नहुने अध्यक्ष लम्सालले चेतावनी दिनुभयो।

    अध्यक्ष लम्सालले उल्लेख गर्नुभएको छ, ‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको प्राण ! यी दुबैको सहअस्तित्व र विश्वसनीयतामा नै लोकतन्त्र सबल र सुदृढ़ हुनसक्दछ । मेरो अस्थित्वमाथि प्रश्न उठाईस भने तेरो अस्तित्व सक्काइदिन्छु भन्ने सोचमा सम्मानित अदालतले प्रेसको स्वतन्त्रता कुण्ठित गर्न मिल्छ ?
    यो कदापि स्वीकार्य छैन।’


    मंगलवार, बैशाख १८ २०८११०:३३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij