Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनः इलाममा १६ र बझाङमा ८ उम्मेदवारको जमानत जफत

उपनिर्वाचनः इलाममा १६ र बझाङमा ८ उम्मेदवारको जमानत जफत

  • मंगलवार, बैशाख १८ २०८१

  • 539
    SHARES

  • उपनिर्वाचनः इलाममा १६ र बझाङमा ८ उम्मेदवारको जमानत जफत

    काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचनमा सिमित उम्मेदवारले मात्रै जमानत जोगाएका छन्। प्रतिनिधिसभा सदस्यतर्फ इलाम–२ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ।

    लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो ।

    इलाम–२ मा विजयी भएका एमालेका सुहाङ नेम्बाङ, निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का र तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको हो ।

    यस्तै बझाङ–१ को प्रदेश सभा उपचुनावमा पनि नेकपा(एकीकृत समाजवादी)का दिलबहादुर सिंह सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।

    आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। ऐनअनुसार उमम्ेदवारहरुका लागी प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ ।


    मंगलवार, बैशाख १८ २०८१०९:४१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij