Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले स्वीकार्यो उपनिर्वाचनको हार,पार्टीभित्र गम्भिर समीक्षा गर्ने

कांग्रेसले स्वीकार्यो उपनिर्वाचनको हार,पार्टीभित्र गम्भिर समीक्षा गर्ने

  • मंगलवार, बैशाख १८ २०८१

  • 1.6K
    SHARES

  • कांग्रेसले स्वीकार्यो उपनिर्वाचनको हार,पार्टीभित्र गम्भिर समीक्षा गर्ने

    काठमाडौं। नेपाली कांग्रेसले इलाम–२ र बझाङ १(क)मा भएको उपनिर्वाचनको मत परिणामलाई सामान्य रुपमा लिने बताएको छ।

    कांग्रेस सहमहामन्त्री जिवन परियारले निर्वाचनमा हुने हारजित सामान्य प्रक्रिया भएपनि यसपटकको उपनिर्वाचनको नतिजाले पार्टीभित्र गम्भिर रुपले सुधारको पाठ भने सिकाएको बताउनु भयो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकनी गर्दै नेता परियारले उपनिर्वाचनको नतिजा सोचेअनुसार नभएको बताउँदै अब पार्टीभित्र गम्भिर भएर लाग्नुपर्ने अबस्था आएको बताउनुभयो।

    भर्खरै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले दुबै ठाँउमा पराजय भोगेको छ। यसअघी प्रदेशसभातर्फ बझाङमा जित हात पारेको कांग्रेस अहिले पराजय भोग्न बाध्य भयो भने प्रतिनिधीसभातर्फ इलाम २ मा यसअघी ११४ मतको झिनो हार बेहोरे पनि यसपटक ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजय भोग्यो।

    यसपटकको उपनिर्वाचनको नतिजाले पार्टीभित्र भएका गल्तिकमजोरी सुधार्ने पाठ र अवसर दुबै सिकाएको भन्दै नेता परियारले अब पार्टीभित्र गम्भिर विचार विमर्श गर्ने बताउनुभयो।


    मंगलवार, बैशाख १८ २०८१०७:०७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij