Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनः रास्वपा उमेदवार मिलन लिम्बुको जमानत नै जफत

उपनिर्वाचनः रास्वपा उमेदवार मिलन लिम्बुको जमानत नै जफत

  • मंगलवार, बैशाख १८ २०८१

  • 2.2K
    SHARES

  • उपनिर्वाचनः रास्वपा उमेदवार मिलन लिम्बुको जमानत नै जफत

    काठमाडौं। उपनिर्वाचन अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन लिम्बुको जमानत नै जफत भएको छ। कुनैपनि निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ। लिम्बुले १० प्रतिशत मतमात्रै पनि ल्याउन नसक्दा जमानत नै जफत भएको हो।

    इलाम–२ मा कुल ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको थियो भने ६८ हजार ४७२ मत सदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ। इलाम–२ बाट एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनु भएको छ।

    नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै फराकिलो मतान्तरले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएको हो। नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गर्नुभयो ।

    नेम्वाङले कुल २७ हजार ७७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहनु भएका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो। तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउनु भयो। लिम्बुले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत मात्रै ल्याउनुभयो।

    २०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन भएको हो।


    मंगलवार, बैशाख १८ २०८१०६:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij