Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनः इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी, कसको मत कति ?

उपनिर्वाचनः इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी, कसको मत कति ?

  • मंगलवार, बैशाख १८ २०८१

  • 1.3K
    SHARES

  • उपनिर्वाचनः इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी, कसको मत कति ?

    काठमाडौं। उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनु भएको छ। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले पराजित गर्दै नेम्बाङ निर्वाचित हुनु भएको हो।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाउनु भयो । नेम्वाङले खड्कासँगको मतान्तर ५८३० छ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन्। रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो हुनु भयो। सुहाङका बुबा सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो।

    यस्तो छ अन्तिम मतपरिणामः

    439708088_7464790736922800_4715300345252565723_n.jpg


    मंगलवार, बैशाख १८ २०८१०६:१३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij