Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

इलाम–२ अपडेट : फराकिलो अग्रतामा सुहाङ, कांग्रेसका खड्का पछ्याउँदै

इलाम–२ अपडेट : फराकिलो अग्रतामा सुहाङ, कांग्रेसका खड्का पछ्याउँदै

  • सोमवार, बैशाख १७ २०८१

  • 1.7K
    SHARES

  • इलाम–२ अपडेट : फराकिलो अग्रतामा सुहाङ, कांग्रेसका खड्का पछ्याउँदै

    काठमाडौं । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ४१ हजार १२३ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६७३ मतको फराकिलो अग्रता बनाउनुभएको छ ।

    नेम्वाङले १६ हजार ९४४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २७१ मत ल्याउनुभएको छ ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ९ हजार ४५ मत ल्याउनुभएको छ भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ८०३ मत ल्याएर चौथो स्थानमा हुनुहुन्छ ।

    मंगोल नेशनल अर्गनाइजेसनका मनि बहादुर लिम्वूले ३८४ मत ल्याएर पाचौं स्थानमा रहँदा नेकपा एकिकृत समाजवादीका जीत बहादुर राईले २९४ मत ल्याएर छैटौं स्थानमा हुनुहुन्छ ।


    सोमवार, बैशाख १७ २०८१०५:५९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij