Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनः बझाङमा कांग्रेस र एमालेबिच कडा टक्कर, दुई पालिकाको मत गन्न बाँकी

उपनिर्वाचनः बझाङमा कांग्रेस र एमालेबिच कडा टक्कर, दुई पालिकाको मत गन्न बाँकी

  • सोमवार, बैशाख १७ २०८१

  • 1.9K
    SHARES

  • उपनिर्वाचनः बझाङमा कांग्रेस र एमालेबिच कडा टक्कर, दुई पालिकाको मत गन्न बाँकी

    काठमाडौं। उपनिर्वाचनअन्तर्गत बझाङमा जारी मतगणनामा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८३ मतको झिनो अंकले अग्रता जोगाउनु भएको छ ।

    सिंहले ९ हजार १६७ मत ल्याउँदा एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत प्राप्त गर्नुभएको छ। अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ५३५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४२७ मत ल्याउनु भएको छ।

    हालसम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा, सुर्मा र मस्टाको गणना सकिएको छ भने अब साइपाल र तलकोटको गणना हुन बाकी छ । अहिले तलकोटको वडा नम्बर १ को गणना हुँदै छ ।

     


    सोमवार, बैशाख १७ २०८११०:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij