Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन : इलाममा सुहाङले कटाए १० हजार मत,कसको मत कति ?

उपनिर्वाचन : इलाममा सुहाङले कटाए १० हजार मत,कसको मत कति ?

  • सोमवार, बैशाख १७ २०८१

  • 897
    SHARES

  • उपनिर्वाचन : इलाममा सुहाङले कटाए १० हजार मत,कसको मत कति ?

    काठमाडौं। उपनिर्वाचनअन्तर्गत इलाममा जारी मतगणनामा एमाले उमेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाउनु भएको छ। इलाम क्षेत्र नम्बर २ मा भएको उक्त उपनिर्वाचनमा नेम्वाङले १०००३ मत पाउनु भएके छ।

    भरखरै सार्वजनिक मत परिणामअनुसार सुहाङलाई पछ्याउने कांग्रेसका डम्बर खड्काले ६९४४ मत पाउनु भएको छ। खड्का र नेम्वाङबिचको मतान्तर ३०५९ मतको छ।

    यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५५९१ र रास्वपाका मिलन लिम्बूले १४४३ मत पाउनु भएको छ। डकेन्द्रले माङसेवुङ क्षेत्रमा मत गणना सुरु भएसँगै डम्बरसँगको मतान्तर कम गर्दै लैजानु भएको छ । डम्बर र डकेन्द्रबिचको मतान्तर १३५३ मात्रै छ।


    सोमवार, बैशाख १७ २०८११०:२८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij