Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनः इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान

उपनिर्वाचनः इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान

  • शनिवार, बैशाख १५ २०८१

  • 741
    SHARES

  • उपनिर्वाचनः इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान

    काठमाडौं। आज इलाम–२ र र बभाङ–१ क मा उपनिर्वाचनअन्र्ततको मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ।

    निर्वाचन आयोगले दुबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपनि ४ मंसिर २०७९ को चुनावमा भन्दा कम मतदान भएको जानकारी दिएको छ ।

    आयोगले साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ। यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ।

    यसैबिच, इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा राती ११ः०० बजेभित्र मतपेटिका संकलन हुने र रातीबाटै मतगणना सुरु गर्ने आयोगले जनाएको छ।

    बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले भोली विहान १० बजेभित्र ढुवानी भइसक्ने र त्यसपछी मतगणना सुरु गर्ने गरी व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

    यस्तो छ आयोगले जारी गरेको विज्ञप्तिः

    1.jpg

    2.jpg


    शनिवार, बैशाख १५ २०८१०८:०९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij