Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

इलाम २ को मतगणना आजै

इलाम २ को मतगणना आजै

  • शनिवार, बैशाख १५ २०८१

  • 1.1K
    SHARES

  • इलाम २ को मतगणना आजै

    काठमाडौं। उपनिर्वाचनअन्तर्गत इलाम–२ मा आजै मतगणना गरिने भएको छ। अहिले जारी मतदान सकिएलगत्तै आजै मत गणना गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)का दुई स्थानमा मतगणनाका निम्ति तारजाली लगाउने काम गरिएको छ।

    आजै राति १० बजेभित्र मतपेटिका जिल्ला ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने तयारी छ। इलाम २ मा अहिलेसम्म ६८ प्रतिशत मत खसिसकेको यादवले जानकारी दिनुभयो।

    केहिबेर अघिसम्म करिब ६० हजार मत खसेको छ। इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ ।


    शनिवार, बैशाख १५ २०८१०४:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij