Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद बैठक : यी हुन् आजका तीन निर्णय

मन्त्रिपरिषद बैठक : यी हुन् आजका तीन निर्णय

  • बिहिवार, बैशाख १३ २०८१

  • 1.1K
    SHARES

  • मन्त्रिपरिषद बैठक :  यी हुन् आजका तीन निर्णय

    काठमाडौं। आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ। जसअनुसार बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ।

    यस्तै बैठकले मुलुकभरिका सहकारीका समस्याका समाधानका विषयमा प्रक्रिया तत्काल सुरू गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

    यसैगरी, तराईदेखि पहाडसम्म भइरहेको आगलागीको सम्बन्धमा छलफल गरी आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।


    बिहिवार, बैशाख १३ २०८१०५:४१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij