Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सरकारले फास्ट ट्र्याकबाट सहकारीको समस्या समाधान गर्ने

सरकारले फास्ट ट्र्याकबाट सहकारीको समस्या समाधान गर्ने

  • बिहिवार, बैशाख १३ २०८१

  • 877
    SHARES

  • सरकारले फास्ट ट्र्याकबाट सहकारीको समस्या समाधान गर्ने

    काठमाडौं। सरकारले फास्ट ट्र्याकबाट सहकारीको समस्या समाधान गर्ने भएको छ।आज बसेको मन्त्रिपरिषद्को बैठकमा सहकारी सम्बन्धी गम्भिर रुपमा छलफल गरेर यस्तो निश्कर्ष निकालिएको हो।

    सञ्चारमन्त्री रेखा शर्माले बैठकमा सहकारीमा देखिएको समस्या समाधानका विषयमा गम्भीरतापूर्वक छलफल भएको जानकारी दिनुभयो। पछिल्लो समय सहकारीले बचतकर्ताको बचत नै फिर्ता गर्न नसकेको अवस्था छ।

    अधिकांश सहकारी समस्यामा पर्दा सरकारले अब भने कानून नै बनाएर समस्या समाधान गर्ने बताएको छ। यसअघी पनि संयन्त्र बनाउने छलफल गर्ने काम भएपनि त्यसले समस्या मात्र देखाउने तर समाधान भने हुन सकेको थिएन।

    अब भने सामान्य नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्ने मन्त्री शर्माले बताउनुभयो। सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्र्याकबाट ल्याउने सहमति मन्त्रीहरू बिच भएको छ।

     


    बिहिवार, बैशाख १३ २०८१०५:३४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij