Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

  • बिहिवार, बैशाख १३ २०८१

  • 1.1K
    SHARES

  • कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ।
     
    आजको प्रदेश सभामा कँडेलले २३ मत पाउनुभएको हो । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए ।
     
    जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।
     
    यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।


    बिहिवार, बैशाख १३ २०८१०५:२४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij