Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनः आजदेखि मौनअवधि सुरु हुँदै, के के गर्न पाइन्छ ?

उपनिर्वाचनः आजदेखि मौनअवधि सुरु हुँदै, के के गर्न पाइन्छ ?

  • बुधवार, बैशाख १२ २०८१

  • 690
    SHARES

  • उपनिर्वाचनः आजदेखि मौनअवधि सुरु हुँदै, के के गर्न पाइन्छ ?

    काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागी आजराति १२ बजेदेखी मौन अवधी सुरु गर्दैछ। आउँदो शनिवार इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा–१ (क) मा हुने उपचुनावका लागि आज रातिदेखि मौन अवधि शुरु हुन लागेको हो।

    आचारसंहिता अनुसार मतदान शुरु हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। मौन अवधि शुरु भएपछि राजनीतिक दल र उम्मेदवारले कुनैपनि प्रचार गर्न र भोट माग्न पाउने छैनन्। आचारसंहिताको पालना गर्न आयोगले आग्रह गरेको छ।

    मौन अवधि शुरु हुनुअघि नै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ। एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतिय माध्यम र सामाजिक सञ्जालबाट पनि मत माग्न र प्रचार गर्न नपाइने उल्लेख छ।

    त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन। यसैबीच आयोगले उपचुनावमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचय पत्रबाट मतदाताले मतदान गर्न सक्ने जनाएको छ।


    बुधवार, बैशाख १२ २०८१०३:५६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij